२३ साउन, इनरुवा/पूर्वपश्चिम राजमार्ग अन्र्तगत सुनसरीको इनरुवा सडक खण्डमा निजि कारको ठक्करले एक पैदल यात्रुको ज्यान गएको छ ।को १ च ९४३२ नम्वरको कारको ठक्करबाट पैदल यात्री सुनसरी भुटाहाका ७० वर्षिय जालिम मियाँको ज्यान गएको हो ।

घाइते मियाँको इनरुवा अस्पतालमा उपचारकालागि लैजाँदै गर्दा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अर्का पैदल यात्री नरसिंहका ५५ वर्षिय रतिश अन्सारीलाई थप उपचारकालागि न्यूरो हस्पिटल बिराटनगर पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया