पुर्वकी चर्चित संचारकर्मी चन्दा खड्काको नया तिज गित युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो तेस्रो सांगीतिक एल्बम तिजको लहर बजारमा ल्याएकी छिन् ।
राजनराज शिवाकोटीको  शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो । दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । एउटा गीतको उनले म्युजिक भिडियो समेत तयार पारेकी छिन् ।
‘ तिजको लहर रातै छ झिलिमिली  गाँउ शहर बोलको गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश सुब्बाले गरेका हुन भने सम्पादन निसान घिमीरेको रहेको छ । भने नृत्य निर्देशन रिना नेउपानेको रहेको छ। भिडीयोमा नागी डान्स सेन्टरका कलाकार र चन्दा स्वयमको अभिनय रहेको छ ।
पुर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आइरहेकी उनले गत बर्षका २ एल्बमको सफलता पछि तेस्रो एल्बम तिजको लहर बनाउन हौसला मिलेकोे बताएकी छिन् । नमस्ते एफ. एम. इटहरीकी कार्यक्रम संयोजक समेत रहेकी चन्दा गीतबाट प्राप्त प्रतिक्रियाले निकै खुशी देखिएकी छिन् । ‘मेरो गीत सुनेर धेरै पूर्वका स्रोताहरुले स्वर राम्रो रहेछ रेडियो र साहित्य यात्रा संगै सांगीतिक यात्रालाई पनि अगाडि बढाउनुहोस् भन्ने प्रतिक्रिया दिएकोले सांगितक क्षेत्रमा थप हौसला मिलेको उनले बताईन् ।
गायिका खड्काको यसै साल गितकार पुजा मारियाको शब्दमा रहेको प्रदेशिको यादमा नामक लोक गितको एल्बम बजारमा आइसेको छ ।

तपाईको प्रतिक्रिया