इनरुवा साउन २६/सप्तकोशी नदीमा आज यस वर्षकै उच्च वहाव मापन गरिएको छ । पछिल्लो मापन अनुसार  सप्तकोशीमा २ लाख ४० हजार ८ सय ९० क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । सो मापन यस वर्षको उच्च वहाव हो । यतिबेला कोशी ब्यारेजका ३० वटा ढोका खोलिएको छ ।

१२ बजे सप्तकोशीमा २ लाख ३६ हजार ४ सय क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन भएको थियो । पूर्वी पहाडी भेग सहितका क्षेत्रमा पानी पर्ने क्रम जारी रहेसँगै केहिदिनयता सप्तकोशीको बहावमा उतारचढाव हुनेक्रम जारी छ । पहाडी भेगमा भएको वर्षाको पानी सप्तकोशीमा मिसिएर आउने क्रममा कम्तिमा पनि ४ घण्टा पछिमात्र कोशीको वहाव मापनमा आउने गरेको छ । नदीमा पानीको सतह बढ्दै गएपनि स्परहरु सुरक्षित रहेको र नियमित अनुगमन जारी रहेको सुनसरी प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले कुनैपनि खतरा नरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया