इनरुवा साउन २७/सुनसरीको हरिनगरा गाउँपालिकामा आजबाट सिर्जना फाइनान्सको शाखा संचालनमा आएको छ ।ग्रामिणी वित्तिय कारोवारलाई प्राथमिकतामा राख्दै आएको सिर्जना फाइनान्स लिमिटेडले हरिनगरामा १६औं शाखा संचालनमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र सिर्जना फाइनान्सका अध्यक्ष सुरेश प्याकुरेलले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । केन्द्रिय कार्यालय विराटनगर रहेको सिर्जना फाइनान्सको हाल समको निक्षेप ३ अरव ४० करोड तथा लगानी २ अरव ७५ करोड रहेको जनाएको छ ।

हरिनगरामा खुलेको शाखाले दक्षिणी भेगका सर्वसाधारणको आर्थिक कारोवारको पाटोलाई सवल तुल्याउने हरिनगरा शाखा प्रमुख जितनारायण साहुले विश्वास व्यक्त गरे । ग्राहक सेवामा कुनै कसर बाँकी नराख्ने शाखा प्रमुख साहुले बताए । विशेषगरी ग्रामिण भेगमा शाखा विस्तार गर्दै आएको सिर्जना फाइनान्सले केही दिनभित्र थप शाखाहरु संचालनमा ल्याइने जनाएको छ ।

तपाईको प्रतिक्रिया