इनरुवा /इनरुवा ९ बबियामा ३० परिवारका १०० बढीको उद्यार हुन सकेको छैन् । सुनसरी खोलाले तटबन्ध भत्काएपछि गाउँ छिरेको पानी र गडन खोलामा उर्लेको भेल सहित जारी अविरल वर्षासँगै डुबानमा परेको बबिया ९ मा ३० परिवारका एक सय बढी सर्वसाधारण उद्यारको प्रतिक्षामा रहेका छन् ।

जनशक्ति अभावमा स्थानीय प्रहरी प्रशासनले बाढीमा फँसेका सबैको उद्धार गर्न असमर्थ भएपछि विराटनगरबाट नेपाली सेनाको उद्यार टोली झिकाइएको छ । जिल्लाका अधिकांश भूभाग डुबानमा परेकाका कारण स्थानीय सुरक्षा निकायलाई जनशक्ति अभावमा उद्यार तथा खोजी कार्यमा कठिनाई भैरहेको सुनसरीका प्रहरीले जनाएको छ । जिल्लाका अधिकांश दक्षिणी भेगको सदरमुकाम सँगको सम्पर्क विच्छेद भएको छ । सबै भूभाग जलमग्न भएपछि उद्यार कार्य समेत कठिन बनेको छ । हिजो देखिको बाढीका कारण सो क्षेत्रका बासिन्दा भोकभोकै रहेको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया