इनरुवा /अविरल वर्षासँगैको बाढीका कारण घरबार विहिन भएकाहरु विभिन्न विद्यालयमा शरण लिन पुगेका छन् ।
गाउँवस्ती डुबानमा परेपछि पीडितहरु विद्यालय तथा आफन्तकहाँ शरण लिन पुगेका छन् । सुनसरीमा स्थानीय खोला र वर्षाको पानीका कारण अघिकांश भूभाग जलमग्न बनेको छ ।
सुनसरी प्रहरीका अनुसार बबियाबाट ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । नरसिंह भोक्राहाका १ हजार बढी डुबान पीडितलाई इनरुवामा रहेका विभिन्न विद्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।
त्यसैगरी दुहवी क्षेत्रका समेत ३०० बढीलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य भेगमा समेत डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका २५ सय बढी पीडितहरुलाई सुरक्षित स्थानमा सारिएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया