मंसिर १२ इनरुवा/रात्री स्कटिङको क्रममा सुनसरीको भोक्राहा सडक खण्डमा ३ जनाको ज्यान गएको छ ।स्कटिङमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बसमा रहेको इन्धनका ड्रम र ग्यालेन निकाल्ने क्रममा तिव्र गतिमा रहेको ना ५ ख ४८०४ नम्बरको ठक्करबाट ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।मृत्यु हुनेमा नरसिङका खुर्सिद आलम, हासिम मियाँ र मोरङ मधुमल्लाका संतोष केसी रहेका छन् ।
तस्करीको तेल काठमाण्डौ पुर्याएर रित्तिएका ड्रम र ग्यालेन बस रोकेर निकाल्ने क्रममा ट्रिपरले उनिहरुलाई ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया