Indian_Car22CDमंसिर १२ काठमाडौं। भारतीय राजदूतावासको गाडीमा आगजनी भएको छ । काठमाडौंको पानीपोखरीमा पार्किङ गरी राखिएको राजदूतावासको २२ सीडी १७ नम्बरको अल्टो कारमा आगजनी भएको हो । आगजनीको जिम्मा विप्लव समूहले लिएको छ । विपल्प समूहले गाडी जलाएको दाबी गरे पनि प्रहरीले भने अनुसन्धान पछि मात्र केही भन्न सकिने जनाएको छ । आगजनीबाट गाडीका सिसाहरू फुटेका छन् भने सिटहरू जलेका छन् । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया