३२ साउन, इटहरी । अविरल वर्षाका कारण डुवानमा परेर पाँच दिन देखि उडान प्रभावित हुदै आएको विराटनगर विमान स्थलको सफाई कार्य तिव्र रुपमा भई रहेको छ । बर्षापछिको बाढीले थुपारेका फोहोर मैला सफाई गरी विमान स्थल यथासक्दो चडो सञ्चालनमा ल्याउने उदेश्यले सफाई कार्यलाई तिव्रता दिइएको हो । शुक्रबार देखिको अविरल वर्षाका कारण विमान स्थलको टर्मिनल भवन डुवानमा परेको थियो भने धावन मार्गमा माटो तथा अन्यवस्तुहरुको लेदो जमेका कारण उडान प्रभावित भएको थियो ।

बाढीका कारण प्रभावित बन्न पुगेको विराटनगर विमान स्थल सफाईमा नेपाली सेना सहितका सुरक्षा निकायका साथै अन्य सरोकारवालाहरुले गरिरहेका छन । विमान स्थलमा धावन मार्ग , पार्किगं स्थल र्याम लगायतका ठाँउहरुमा जम्मा भएका माटो तथा अन्य फोहोर हटाई सफाई गर्ने काममा नेपाली सेनाको पुर्वी पृतना मुख्यालय र सुर्यदल गणका जवानहरु सक्रियताका साथ खटिरहेका देखिन्छ । विमान स्थल सफाई गर्ने क्रममा धावनमार्ग , पार्किगं स्थल लगायतका ठाँउहरु पानीको फोहोरा समेत प्रयोग गरिएको देखिन्छ । विमानस्थल क्षेत्रको सफाई कार्य चाडो भन्दा चाडोँ सम्पन्न गरी हवाई सेवा सञ्चालन गर्नका लागि तिव्रताका साथ सफाईको काम भई रहेको वताइन्छ ।

वर्षा र बाढीका कारण विमानस्थल संचालनमा आउन नसकेपछि श्री एयरको एउटा जहाज विराटनगर विमान स्थलमै थन्कीन पुगेको छ । विराटनगर विमानस्थल सञ्चालनमा आउन नक्दा पुर्वको प्रमुख सहर भएर विराटनगर भएर राजधानी लगायतका ठाँउ जाने यात्रुहरु प्रभावीत वन्दै आएका छन । वर्षाका कारण स्थलमार्ग समेत कतिपय ठाँउमा भत्काएका कारण आवत जावत सहज हुन नसकि रहेको समयमा विराटनगर विमानस्थल प्रभावित वन्दा यात्रुहरु मारमा परेका छन ।

तपाईको प्रतिक्रिया