१ भाद्र,  विराटनगर। नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट  खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा शिविर संचालन गरिएको हो।

शिविरमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ र ५ तथा सिरहा कल्याणपुर नगरपालिका ३ ईटारी प्रसाही र कर्जन्हा गाउँपालिका ६ का ३६० जना महिला, पुरुष तथा बालबालिहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी वितरण गरिएको छ।  टोलीले विस्थापितहरुलाई  प्रकोप पश्चात हुन सक्ने महामारीबाट के-कसरी बच्न सकिन्छ सो बारेमा समेत परामर्श दिएका थिए।

तपाईको प्रतिक्रिया