१ भाद्र, अमर काफ्ले इनरूवा। काेशी फुट्न लाग्याे भन्ने हल्ला निराधार रहेकाे सुनसरी प्रशासनले जनाएकाे छ। प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद पराजुलीले काेशीमा कहीकत‌ै कुनै खतरा देखिएकाे छैन। सबै तटबन्ध सुरिक्षत रहेकाे पराजुलीले बताउनु भयाे ।

सुनसरी प्रहरीका अनुसार यतिबेला काेशीकाे वहाव १,६५,५७० क्युसेक रहेकाे छ भने (२२) ढाेका खाेलिएकाे छ । सामान्य अवस्थामा रहेकाे काेशीका बारे भ्रामक हल्ला फैलाउनेकाे खाेजि थालिएकाे सुनसरी प्रहरीले जनाएकाे छ । झुटाे हल्ला फैलाउने पत्ता लगाई कडा कार्वाही गरिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया