२ भाद्र, झापा। झापाको कचनकवल गाउँपालिका-१ भेलामुनीमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ।ज्यान गुमाउनेमा सोही ठाउँका अम्बर श्रेष्ठको ११ बर्षिय छोरा सुलभ श्रेष्ठ रहेका छन्।

विहान ६ बजेबाट अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको पानी जमेको खाल्डोमा विहान ९ बजेतिर भेटको भनी प्रहरीमा खबर गरेका थिए। घटनास्थलाम जिल्ला प्रहरी कार्यालय झापाबाट प्ररहीको टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया