२ भाद्र, इनरुवा । सप्तकोशीले वहाव परीवर्तन गरी मानव वस्तीमा पसेको आज ठिक नवौं वर्ष पुरा भएको छ । हरेक वर्षको वर्षायामसंगै कोशी क्षेत्रका मानिसहरुले आजको दिनलाई दुखद दिनको रुपमा स्मरण गर्ने गर्दछन ।

२०६५साल भाद्र २ गते अर्थात आजकै दिन सप्तकोशीले वहाव परिर्वतन गरी सुनसरीको पश्चिम कुशाहावाट मानव वस्तीमा पस्दा सुनसरीका तत्कालीन चार गाविसका ५० हजार भन्दा वढी मानिसहरु घरवार विहीन वनेका थिए भने छिमेकी मुलुक भारतमा अझ वढी मानिसहरु कोशी कटानका कारण प्रभावीत वन्न पुगे । आजको दिनलाई कोशी पिडीतहरुले कालो दिनका रुपमा मनाउने गरेका छन ।

कोशीले पश्चिम कुशाहावाट पुर्वी तटवन्ध भत्काई वस्तीमा पस्दा सुनसरीका पश्चिमकुशाह , श्रीपुर , हरिपुर र लौकहीका ५० हजार मानिसहरु घरवार विहीन वनेका थिए । कोशीले तटवन्ध भत्काएको समयमा वाढीले वगाएर कसैको मृत्यु नभएपनि वाढीग्रस्त क्षेत्रका मानिसहरु राखिएका शिवीरहरुमा फैलिएको झाडा पखाला लगायतका स्वास्थ्य समस्याहरुका कारण ३६ जनाको मृत्यु भएको थियो । कोशीले तटवन्ध भत्काएपछि नौ महिना सम्म स्थल मार्गवाट सुनसरी पुर्व र पश्चिम क्षेत्रको सम्वन्ध विच्छेद भएको थियो । विधुत पोल लड्दा तथा टेलिफोनको अप्टीकलफाइवर वगाएका कारण केही दिन सम्म विधुत र संचार सम्वन्ध समेत टुटेको थियो ।

कोशीको तटवन्धको मर्मत संभारको जिम्मा पाएको भारतिय पक्षले नौ महिना पछि कोशीको तटवन्ध पुनर निर्माण गरेको थियो । नौ महिना सम्म स्थल मार्गबाट पुर्व क्षेत्रवाट खाद्ययन लगायतका माल समानहरु काठमाडौ लगायतका ठाँउहरु सम्म पुर्यान र सो क्षेत्रवाट ल्याउन नसकिएको थिएनन। यसै विच सप्तकोशी पुलको निर्माण समयमा डिजाईन अनुसार समाधावी सकिएको भन्दै चिन्ता गर्न थालीएको छ । कोशी पुलको अनुमानित आयु ५० वर्ष पुरा भएकाले चिन्ता समेत गर्न थालिएको छ । सन् १९६२मा निर्माण गरिएको कोशी पुलको तत्कालीन राजा महेन्द्रले वि.सं.२०२२ साल बैशाख १२ गते उद्घान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया