अमर काफ्ले मंसिर १२ लौकही/मधेशी मोर्चाका शिर्षस्थ नेताहरुले वर्तमान सरकार आफुहरु विरुद्ध दमनमा उत्रेको बताएका छन् ।
वषौं देखि कुण्डित अधिकार माग्दै मधेशी जनता सडकमा उत्रँदा सरकारले मधेशी जनता उपर गोलि र लाठी बर्साएर निर्ममता लादेको उनिहरुको अरोप थियो ।सुनसरीको लौकहीमा आज आयोजित सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अधिकार प्राप्ती विना जारी मधेश आन्दोलन नरोकिने बताए ।सुनसरीको लौकहीमा प्रहरी संगको झडपमा घाइते भएका आफ्ना कार्यकर्ता भेटघाटका लागि पुगेका मधेशी मोर्चाका शिर्षस्थ नेताहरुले सरकारको दमनकारी रणनीति स्पष्ट भैसकेकाले आफुहरुको आन्दोलन अधिकार प्राप्ती विना नरोकिने स्पष्ट पारे ।
सुनसरीको इटहरीमा शुक्रवार मोर्चाको पूर्वघोषित कार्यक्रम सत्तापक्ष्यकै आडमा विथोलिएको भन्दै आक्रोस पोखेका मधेशी नेताहरुले आफुहरु कुनैपनि हालतमा विचलित नहुने बताउँदै आन्दोलनलाई थप ससक्त पार्ने चेतावनी दिए ।इनरुवा लगायत आसपासका क्षेत्रका कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले सरकार हताष मनष्थितिमा पुगेकाले आन्दोलन थप ससक्त पार्न आवश्यक रहेकोमा जोड दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफुहरुको आन्दोलन जातीयता विरुद्ध नभएर राज्य सँग भएको स्पष्ट पारे । वर्षौदेखि अधिकार प्राप्तीका लागि लड्दै आएको मधेशी समूदाय निर्णायक आन्दोलनबाट पछि नहट्ने उनले बतए । राज्य एकअर्कावीच समूदायमा फाँटो बढाएर दाजुभाईमा लडाई लाउँन उद्यत देखिएको भन्दै तत्काल माग सम्बोधन गर्न तर्फ ध्यान केन्द्रित गर्न महतोले सरकारसामू आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्य दलको यसअघिका आन्दोलनमा अग्रणी भूमिकामा रहेर आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेशी समूदाय सँधै उपेक्षित रहेको बताए । आफुहरुको अधिकारका लागि जारी आन्दोलन कुनै हालतमा नरोकिने बताउँदै यादवले वार्ताका नाममा सरकारले आफुहरुलाई झुलाउने प्रयत्न गरेको भन्दै अधिकार प्राप्ती विना आन्दोलन नरोकिने स्पष्ट पारे ।घाइते कार्यकर्ता लगायत सँग भेट गरेका मोर्चाका शिर्ष नेताहरुले आन्दोलन उत्कर्ष नजिक पुगेकाले आफ्ना जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुलाई विचलित नभई संयम भएर आन्दोलन जारी राख्न निर्देशन समेत दिए ।मोर्चाले इटहरी घटनामा आफ्ना दजनौं कार्यकर्ता घाइते भएको र केहीको अवस्था गम्भिर रहेको बताउँदै अधिकार प्राप्तीको आन्दोलनलाई जिल्लामा थप कडाईका साथ संचालन गर्ने यस अघिनै निर्णय गरिसकेको छ ।