sabyatra

१२ मंसिर।मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शवयात्रा सप्तरीको राजबविराजबाट आज दिउँसो लहानमा पनि परिक्रमा गरिएको छ । शव यात्रामा हजारौंको आन्दोलनकारीहरुको सहभागिता रहेको थियो । सप्तरीको राजविराजबाट मृतकहरुको पार्थिव शरीरमाथि मधेसी मोर्चाका नेताहरुले अन्तिम श्रद्वाञ्जली दिएपछि शव यात्रा शुरु भएको थियो ।संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर लगायतले श्रद्वाञ्जली अर्पण गरेका छन् ।

लहान नगरपरिक्रममा गरी पुनः सप्तरी फर्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत भारदहमा धर्ना दिने क्रममा गत मंसिर ५ गते प्रहरीले चलाएको गोली लागेर डाढा गाविस ५ का बिरेन राम, रुपनीमा चलाएको गोली लागेर जमुनी मधेपुरा गाविस ९ निवासी नागेश्वर यादवको मृत्यु भएको थियो । यस्तै मंसिर ६ गते साँझ प्रहरीले चलाएको गोली लागेर राजविराज १ निवासी आफ्नै छतमा बसिरहेका दिलिप साहको ज्यान गएको थियो भने आन्दोलनका क्रममा भागदौडमा पर्दा करेन्ट लागेर जमुनी मधेपुरा गाविसका शिबशंकर दासको मृत्यु भएको थियो । शव यात्रा पश्चात मृतकहरुको शनिबारै अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया