UN-Peace-Force-At-Mali

१२ मंसिर, काठमाडौं । मालीमा संयुक्त राष्ट्रसंघ शान्ति रक्षकको शिविरमा रकेट आक्रमण भएको छ । आक्रमणमा परी गिनीका दुई शान्ति रक्षक र एक आम नागरिक मारिएका छन् ।मालीमा एक साता पहिले अमेरिकी लगानी रहेको होटलमा बन्धुकधारीहरुले आक्रमण गरेका थिए । जुन आक्रमणमा दुई बन्दुकधारीसहित २१ जनाको मृत्यु भएको थियो ।२०१४ मा संयुक्त राष्ट्रसंघले मालीका लागि शान्ति अभियानलाई स्वीकृत गरेको थियो । त्यहाँ अहिले विभिन्न देशा १० हजार शान्ति सैनिक तैनाथ छन् ।यो अभियानको केहीले भने आलोचना गरेका छन् । किनकी यसका लागि कुनै शान्ति वार्ता भएको थियो । हालैको दिनमा शान्ति अभियानमा सबैभन्दा धेरै मृत्यु मालीमा नै भएको छ, जहाँ ५६ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया