इनरुवा भाद्र ६/सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित हुँदै आएको वर्णमाला दैनिकको संयोजनमा इनरुवाका मुसहरी वस्तीका बाढी प्रभावित परिवारलाई स्टेण्ड झुल वितरण गरेको छ ।

काठमाण्डौंकी समाजसेवी शान्ता ढकालको सहयोगमा उपलब्ध झुल इनरुवा ३ कंशमरणमा रहेको मुसहरी टोलका ७२ परिवारलाई वितरण गरिएको हो ।

सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालले पीडित परिवारहरुलाई झुल हस्तान्तरण गरेका थिए । गर्भवति,अपाङ्ग र अति विपन्न परिवार छनौट गरी प्राप्त राहत सामाग्री वितरण गरिएको वर्णमाला दैनिकका सम्पादक राजेन्द्र पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया