८ भाद्र इटहरी। सुनसरीकाे  इटहरीमा रहेको अम्बे इन्टरप्राइजेजकाे भण्डारमा अागलागी भएकाे छ ।  इटहरी ६ स्थित मुख्य चौकमा रहेको इन्टरप्राईजेजको पुस्तक भण्डारमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागिका कारण भण्डारण गरि राखेका पुस्तक तथा स्टेशनरी सामान जलेर नष्ट भएको छ ।

आगलागी इटहरी उपमहानगरपालिको दमकल, प्रहरी तथा स्थानियको पहलमा आगलागि नियन्त्रणमा आएको छ । आगलागि भएको घर इटहरीको मूख्य चौकमै रहेको र उपमहानगरपालिका नजिक रहेका कारण आगलागि भएको केही समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।

इटहरी बजारमा विहिबार पसलहरु बन्द हुने भएकाले भण्डार कक्ष आज बन्द रहेको थियो । आगलागिको यकिन क्षतिको विवरण भने आउन सकेको छैन् । पुस्तक तथा स्टेशनरी सामान जलेर नष्ट भएको सञ्चालक संजिव सत्यालले जानकारी दिए । प्रारम्भिक क्षतिलाई हेर्दा करिव १ करोड बराबरको क्षति भएको हुन सक्ने उनले बताए । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया