तुलसी एउटा यस्तो बिरुवा हो, जोसुकैको घरमा रोपिने गरिन्छ । तुलसीलाई ‘बेसिल लीभ्स’ पनि भनिन्छ । तुलसीलाई हिन्दुधर्मअनुसार बिष्णु भगवानको प्रति मानिन्छ, तर के तपाईलाई थाहा छ, तुलसी गम्भिर समस्याहरुको पनि समाधान हो भनेर ? पढ्नुहोस्, तुलसीलाई कुन–कुन रोग निको पार्न कसरी प्रयोग गरिन्छ ।तुलसीको पातलाई उमालेर बनाएको बाक्लो झोललाई महको साथ नियमित ६ महिनासम्म सेवन गर्नाले मृगौलाको पथरी मूत्र मार्ग हुदैँ बाहिर निस्कन्छ । तुलसीमा थाइमोल नामक तत्व पाइन्छ, जसले छालासम्बन्धी रोगलाई कम गर्न मद्दत गर्छ । हर्बल जानकारकाअनुसार, तुलसीको पातलाई घोटेर वा माडेर लगाएमा छालामा संक्रमणबाट छुटकारा पाउन सकिने बताउँछन् ।

tulsi

तुलसीको पातले रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्ने हुँदा मुटुको रोगीलाई वरदान जस्तै हो । मुटुको रोगी व्यक्तिलाई तुलसीको रस नियमित खुवाउँनु राम्रो मानिन्छ । एक स्वास्थ्य व्यक्तिले पनि तुलसी र बेसारलाई पानी मिसाएर पिउनाले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्छ ।

त्यस्तै, तुलसीको पातबाट रस निकाली बराबर मात्रामा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले डन्डीफोर कम हुन्छ, जसले अनुहारमा चमक पनि ल्याउछ । तुलसीलाई थकाई मेटाउने एक औषधीको रुपमा पनि लिइन्छ । यदि एकदमै थकाई वा तनाव महशुस भएमा तुलसीको पातबाट रस निकाली सेवन गर्नाले राहत महशुस हुन्छ ।

तुलसीको पातको बाक्लो लेदोमा नुन मिसाएर पिउनाले हैजा निको हुन्छ । त्यस्तै, पखालासँगै ज्वरो आएमा पनि नुनमा तुलसीको पातको रस मिलाएर पिउनाले ज्वरो कम हुन्छ । तुलसीको रस नियमित सेवन गर्नाले टाउको दुख्ने समस्याको निवारणमा मद्दत मिल्छ । दैनिक रुपमा ४–५ पल्ट तुलसीको ६–८ पात चपाउनाले टाउको दुखाई कम हुन्छ ।

शिवलिंगीको बिउलाई तुलसी र सख्खरसँग पिसेर निःसन्तान महिलालाई खुवाउनाले उनमा चाँडै सन्तान सुख मिल्ने बताइन्छ । त्यस्तै, गर्मीमा छालामा आउने घमाउरालाई निको पार्न पनि तुलसीको पातको प्रयोग गर्न सकिन्छ । शुद्धता–केही समुदायमा पानीको शुद्धताका लागि तुलसीको पातलाई पानीको भाडोमा राखिन्छ । एक डेढ घन्टा राखेपछि पानीलाई फेरी कपडाले छानेर मात्र खान योग्य मानिन्छ ।काठमान्डौटुडेबाट

 

तपाईको प्रतिक्रिया