९ भाद्र, मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार १ लाख १० हजार ८ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा, आलु, लसुन लगाएतका सामाग्री बरामद गरेको हो।

बरामद सामान मध्ये करिव ३७ हजार १ सय बराबरको सामान आजै भन्सार कार्यालय विराटनगरमा बुझाइएको र बाँकी ७३ हजार ७ सय बराबरको सामान आइतबार कार्यालय खुलेपछी बुझाइने उक्त कार्यालयले जानएको छ।

तपाईको प्रतिक्रिया