११ भाद्र, सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सराज अन्सारीको घरमा शनिबार आगलागी भएको छ।

गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रण लिएको इलाका प्रहरी कर्यालय देवानगन्जले जनाएको छ।

तपाईको प्रतिक्रिया