११ भाद्र, सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवन चोकमा आइतबार को १ ख ३०२५ नम्बरको यात्रुबाहक बस र को १ क १६२१ नम्बरको स्कुल बस आपसमा ठोक्किदा १७ जना घाइते भएका छन्।

राजविराजबाट यात्रु लिएर विराटनगर आउँदै गरेको यात्रुवहाक बस र स्कुलबस विहान ९ बजेतिर आपसमा ठोक्किएको थियो। दुर्घटनामा घाइते १७ जनाको विराटनगरका विभिन्न अस्पताल र स्थानिय मेडिकलमा उपचार भइरहेरको छ। यात्रुवहाक बसका चालक फरार छन्। उनको खोजी भइरेहको सुनसरी प्रहरीले जानएको छ।

तपाईको प्रतिक्रिया