१२ भद्र। तुफानपछि आएको बाढीका कारण अमेरिकाको टेक्सासमा जनजीवन प्रभावित भएको छ । हार्वे नामक समुद्री तुफानपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तिव्र गतिमा हावा चलेको र ठूलो पानी परेपछि सबैभन्दा बढी टेक्सास राज्यको हस्टन सहर प्रभावित भएको छ ।

बाढीमा फसेका २ हजार भन्दा बढीको उद्धार गरिएको स्थानीय अधिकारीले बताएका छन् । प्रभावीतको लागी अस्थायी सिविरको व्यवस्था गरिएको छ भने २ सय ५० सडकखण्ड अवरुद्ध भएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्प आज बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाँदै छन् । हस्टन सहरमा अहिले आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।एजेन्सी

तपाईको प्रतिक्रिया