Chotelal-Thakur

१३ मंसिर, काठमाडौं । एसएलआरसहित भागेका नेपाल प्रहरीका भगौडा जवान शनिबार विहान पक्राउ परेका छन् ।रौतहटका छोटेलाल ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुन्धारामा रहेको लुम्बिनी पाहुना घरबाट पक्राउ गरेको हो ।ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न थिए । उनी लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि गएको प्रहरी टोलीलाई देख्नासाथ ठाकुरले सिरानीमुनि रहेको पेस्तोल निकाल्न लागेपछि प्रहरीले फायर खोलेको थियो ।ठाकुरको खुट्टामा गोली लागेको छ । अपराध महाशाखा प्रमुख एसएसपी सर्वेर्न्द्र खनालले ठाकुर पक्राउ परेका पुष्टि गरेका छन् ।प्रहरीका अनुसार उनीसँगै अर्का एक युवक पनि पक्राउ गरेका छन् । उनीहरुको साथबाट लोड गरिएको चाइनिज पेस्तोल बरामद भएको छ ।अनलाइनखबरबाट

 

 

तपाईको प्रतिक्रिया