Satya-Naran-Mandal-11

काठमाडौं : युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बिना बर्दीका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएको दाबी गरेका छन् । नेपाललाई थप अस्थिरता तर्फ धकेल्न भारतले यस्तो गरेको उनको जिकिर छ ।शनिबार एमाले निकट युवा संघको ३५ बुँदे सुझाब सहितको ज्ञापन पत्र मन्त्री निवाश पुलचोकमा बुझ्दै मन्त्री मण्डलले बिना बर्दीका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएको भन्दै सचेत समेत गराए । उनले भने, ‘बिना बर्दीका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएको छ, सबै सचेत हुनुपर्छ ।’नेपालका बौद्धिक भनिएका व्याक्तिहरुले नै भारतीय स्वार्थ अनुसार काम गरीरहेको उनको भनाई छ । बौद्धिक भनिएकाले नै मधेसका सोझा जनतालाई भड्काइरहेको उनको दाबी छ । बौद्धिक भनिएका सिके राउतलाई रेबिज लागेको उनको आरोप छ । यस्ता रेबिज लागेको सिके राउतहरु तराईमा धेरै भएको उनको जिकिर छ । सिके राउतको अभियान र आन्दोलन नेपालको बिरुद्ध र भारतीयको पक्षमा रहेको बताए ।

मन्त्री मण्डलले यो संबिधान मधेसी जनताको पक्ष र भारतीयहरुको बिपक्षमा रहेको दाबी गरे । आफ्नो बिपक्षमा रहेकै कारण भारतले नाकाबन्दी गरेको उनको भनाई छ । मधेश आन्दोलनमा २० वर्षभन्दा मुनिका कलिला वालवच्चाहरुको वढी प्रयोग भएको उनले बताए ।तराईको एफएम तथा रेडियोहरु सञ्चार माध्यम राष्ट्रियतालाई खलल गर्ने तरिकाले प्रयोग भइरहेको पनि उनले बताए । त्यस्तो सञ्चार माध्यमलाई सरकारले तुरुन्तै कारवाही गर्ने जानकारी दिए । तराईमा सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्तालाई संविधानका वारेमा मधेशका जनतालाई वुझाउँन खटाउनु पर्नेमा उनको जोड छ ।ज्ञापन पत्र बुझाउन अध्यक्ष राजिव पहारी सहित संघ उपाध्यक्षहरु दिलकुमारी पन्त ,रमेश पौडेल ,वचन वहादुर शिह, पशुराम वस्नेत, राजेश शाह ,प्रभात विक्रम कटवाल र खेलकुदमन्त्रालयका सहसचिव चुडामणि पौडेल लगायतको गएका थिए ।नयापेजबाट

 

तपाईको प्रतिक्रिया