Kp-Oli-2काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चाका मागका बारेमा छलफल गरी सहमतिमा पुग्न त्रिपक्षीय बैठक आव्हान गरेका छन् ।मधेसी मोर्चाले सरकारसँग मात्र बार्ता नगर्ने र नेपाली कांग्रेसलाई पनि वार्तामा सहभागी गराउनुपर्ने माग राख्दै आएपछि प्रधानमन्त्रीले सरकार, प्रतिपक्ष र मधेसी मोर्चालाई वार्ताका लागि बोलाएका हुन ।मधेसी मोर्चासँग वार्ताका लागि ढिलाई गर्न नहुने भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार साँझ प्रधानमन्त्री ओलीसमक्ष अनुरोध गरेका थिए ।प्रधानमन्त्रीले त्रिपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। मधेसी दलको आह्वानमा विगत एकसय दिनभन्दा बढी सयदेखि भइरहेको आन्दोलनको निकास खोज्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। कांग्रेसले भने सरकारी वा उच्चस्तरीय राजनीतिक समिति अन्तर्गतको वार्ता टोलीमा सहभागी नहुने अडान राख्दै आफ्नै पहलमा मधेसको समस्या समाधान गर्ने बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया