BRT-1

मंसिर १४ बिराटनगर।मधेशी मोर्चाका शीर्ष नेताहरूले ठूला दलका शीर्ष नेताका कारण राष्ट्रिय एकता हुन नसकेको आरोप लगाएका छन् । मोर्चाले शनिवार मोरङको विराटनगरमा गरेको जनप्रदर्शन तथा सभामा उनीहरूले सबै समुदायले बराबरीको अधिकार पाए मात्र राष्ट्रिय एकता बलियो हुन सक्ने बताएका हुन् ।सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू राष्ट्रिय एकताको पक्षमा रहेपनि कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरू विखण्डनको पक्षमा लागेको आरोप लगाए । सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव,तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, कार्यक्रममा संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका वक्ताहरुले बोलिका थिए । सभाअघि मोर्चाले जनप्रदर्शनसमेत गरेको थियो ।कार्यक्रममा एक लाखभन्दा अधिकको सहभागिता रहेको मोर्चाका नेताहरुको दाबी रहेको छ । सभालाई ध्यानमा राखेर विराटनगरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

BRT-5

BRT-6-900x450

तपाईको प्रतिक्रिया