baithakकाठमाडाैं , मंसिर १५ । तीन ठूला दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार वार्ता भएको छ । वार्ता मुख्य विवादित विषयमा औपचारिक रूपमा प्रवेशै नगरे पनि अर्को बैठकमा ठोस निष्कर्ष निकाल्न प्रयास गर्ने सहमतिमा दुवै पक्ष पुगेका छन् ।प्रधानमन्त्री केपी ओलीको आहवानमा बालुवाटारस्थित निवासमा बिहान साढे ११ बजे सुरु वार्ता दुई घण्टाजति चलेको थियो । प्रधानमन्त्रीको हैसियतमा ओली मोर्चासँग पहिलोपल्ट औपचारिक वार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले सोमबारको वार्ता सकारात्मक भएको र आउँदो वार्ताका लागि सरकारले थप सकारात्मक वातावरण बनाउने बताए । उनले टवीटरमार्फत वार्ता सकारात्मक भएको पनि जनाएका छन् ।अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया