
विद्यार्थीले कति शुल्क बुझायो भन्ने तथ्याङक आइओएमसंग हुने भएपछि कलेजले बढी शुल्क लिन पाउने छैन । भर्ना गर्न आवश्यक रकम बैंकमा तिरेको भौचर बुझाएपछि डीन कार्यालयले सम्बन्धन प्राप्त कलेजमा भर्ना गरिदिनु पर्ने सोमबारको मन्त्री स्तरीय निर्णय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए । उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।