काठमाडौं , १५ मंसिर । भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन (भारत र भुटान हेर्ने निकाय) का अधिकारीले केही दिनयता नेपालसँग सरोकार राख्ने भारतीय नेता बुद्धिजीवीलाई भेटेर मधेस मामिलामा लिएको अडानबारे ब्रिफिङ गरेका छन् । विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अभय ठाकुरसहितले शुक्रबार जनता दल युनाइटेड (जेडियू) का अध्यक्ष शरद यादवकहाँ गएर ब्रिफिङपछि यादवले आफू नेपालका विषयमा विस्तृतमा धारणा राख्ने अवस्थामा नरहेको बताएको छ ।‘मलाई अधिकारीहरुले घरमा आएर नेपाल मामिलाका विषयमा बि्रफिङ गरे, कतिपय विषयमा म आफैं पनि जानकार छु, त्यसकारण मैले अहिले नेपालबारे विस्तृतमा बताउन सक्ने अवस्था छैन्,’ यादवले तुगलग रोडस्थित निवासमा भने,-‘नेपालका दलहरु मिलेर समस्या समाधान गरुन मैले भन्ने यत्ति हो ।’स्रोतका अनुसार नेपाल मामिलामा साउथव्लक यति धेरै हाबी छ कि भन्सार नाकाबाट कति कन्टेनर सामान र कति ट्यांकर तेल नेपाल पठाउने भन्ने अन्तिम निर्णय उसैले लिन्छ, त्यही अनुसार एसएसबीले गाडी छाडिदिने गरेको छ । ‘विदेश मन्त्रालयले तोकेभन्दा बढी एउटा पनि गाडी नेपाल छिर्दैन । तर, मन्त्रालयका कर्मचारीले नेपाललाई सहज पार्न हामी सहजीकरण गरिदिन्छौ भन्छन्, रेस्पोन्सचाँही पछिल्लो दिनमा राम्रो गरिरहेका छन्,’ नेपाली कूटनीतिक स्रोतले भन्यो । अाजकाे नयाँ पत्रिकामा खबर  रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया