कैलाली, १५ मंसिर । पार्किङ्ग गरी राखेको मोटरसाइकलमा अज्ञात समूहले सोमबार आगजनी गरेको छ । लम्की चुहा नगरपालिका–८ बलिया बस्ने शरण चौधरीको घर अगाडीे पार्किङ गरी राखेको प्रतापपुर–१ बस्ने २४ वर्षीय विश्व शान्ति कोईरालाको से.४ प ८२४ नम्बरको मोटरसाइकलमा सोमबार राति अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगजनी गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बनधमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया