सर्लाही, १५ मंसिर । धान, गहुँ कुट्ने पिस्ने मिलमा काम गर्ने मलंगवा नगरपालिका–११ बस्ने ६५ बर्षीय महेशी ठाकुर लोहारको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ । सोही नगरपालिका–३ स्थित रामविश्वास साह मिलमा आइतबार फित्ता लगाउने क्रममा लगाएको धोती मिलको फित्तामा बेरिन जाँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया