
काठमाडौँ, १५ मङ्सिर /(फाइल तस्विर) नेपालमाथि भारतीय नाकावन्दी र नेपालमा त्यसको गम्भीर प्रभाव वारे चुँ सम्म पनि नलेखेका भारतीय पत्रपत्रिकाहरुले सोमवार प्रधानमन्त्री ओली समेतको उपस्थितिमा मधेशी मोर्चा संग भएको वार्ताको विषयमा भने प्राथमिकता साथ समाचार छापेका छन् ।यहाँ भैरहेको वार्ताले भारतमा तहल्का मच्चाएको छ । यसवारे भारतमा सबैको चासो वढेको छ । द टाइम्स अफ इण्डियाले “आन्दोलन समाप्त गर्न मधेशी नेताहरुले प्रधानमन्त्री ओली समक्ष ११ बुँदे माग पेश गरे” शीर्षकमा समाचार छापेको छ ।
हिन्दूस्तान टाइम्सले “मधेशी आन्दोलकारीहरु संग नेपालका प्रधानमन्त्रीले भेटे, कुरो मिलेन” शीर्षकमा समाचार वनाएको छ । द हिन्दू पत्रिकाले “नेपाली दलहरु, मधेशी आन्दोलनकारीहरुले वार्ता पुनः थाले” शीर्षकमा समाचार दिएको छ । जी न्यूज डट इण्डिया डट न्यूजले “नेपाली प्रधानमन्त्री संग मधेशीहरुले भेटे, आन्दोलन वन्द गर्न ११ बुँदे शर्त” शीर्षक दिएर समाचार प्रवाह गरेको छ ।भारतीय संचार माध्यमहरुमा नाकावन्दीवाट श्रृजना भैरहेको अमानवीय संकटवारे चासो नभएको तर मधेशी मोर्चा र सरकार विचको वार्ता वारे यति धेरै चासो देखिएकोले उनीहरुको मानवतावाद केवल देखावटी भएको पर्यवेक्षकहरु वताउँछन् ।
यता वार्ता शुरु भएपनि नेपाल सरकारलाई थप दवाव दिन भारतीय पक्षले नाकावन्दीलाई थप चर्काउने वा लोभ देखाउनका लागि खुकुलो पार्ने भन्ने वारे दिल्लीमा छलफल शुरु भएको समाचार श्रोतको भनाइ छ । साभार : नेपाल शन्देशबाट