jp bartaकाठमाडौं, १५ मंसिर । जयप्रकाश गुप्ता सम्मिलित संघीय समावेशी मधेशी गठबन्धनले प्रमुख दलहरु समक्ष संविधान संशोधनका लागि ९ बुँदे माग प्रस्तुत गरेको छ । सोमबार र मंगलबार गरी गठबन्धनका प्रतिनिधि मंडलले प्रधानमंत्री केपी ओली, पूर्व प्रधानमंत्री एवं नेका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरी संविधान संशोधनका लागि मांगपत्र बुझाएका छन् । मधेश आन्दोलनको सम्मानजनक निष्कर्षका लागि वार्ता गरेको गठबन्धनका नेता जयप्रकाश गुप्ताले जनाएका छन् ।यस वार्तामा गठबन्धनको तर्फबाट रामसपा अध्यक्ष शरत्सिंह भण्डारी, तमरा अभियान संयोजक जय प्रकाश गुप्ता, नेसपा अध्यÞक्ष अनिल झा, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव र नेताहरु देवेश झा, केशव झा सम्मिलित थिए । भेंटमा गठबन्धनले समस्या समाधानको अवधारणा पत्र र संविधान संशोधनका लागि ९ सूत्रीय माग पेश गरेको थियो ।

 

तपाईको प्रतिक्रिया