crime hatkadiमुगु , मंसिर १६ । आफुले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण छोराछोरीकाे हत्या गरेकाे खुलेकाे छ ।असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमति पिरल  सल्लाको पात लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना  छोराछोरीलाई खरीकाे फल खानेभन्दै उठाएर ज‌ंगलमा लगेर हत्या गरेका थिए ।उनले ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायालाई हत्या गरी बारीकाे डिलमा खाल्डो खनेर मार्नुकाे कारण प्रेमिका रहेकाे स्रोतकाे दाबी छ । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया