insurance१६ मंसिर काठमाडौं । सरकारले तीनवटै सुरक्षा निकायमा कार्यरत जनशक्तिका लागि जीवन बिमा सुरु गरेको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सबै कर्मचारीको एक लाख रुपैयाँ बिमांक रकम रहेको २० वर्षे जीवन बिमा लागू गरिएको हो । सुरक्षाकर्मीले अवकाश पाएसँगै जीवन बिमाको अवधि सकिनेछ र उनीहरुले बिमांक रकम र बोनस एकमुष्ट पाउनेछन् ।बिमा कार्यक्रमअन्तर्गत सम्बन्धित कर्मचारीको एक वर्ष अवधिमा मृत्यु भए १० हजार, दुई पाँच वर्षभित्र भए २५ हजार, ६ देखि १० वर्षभित्र भए ५० हजार, ११ देखि १५ वर्षभित्र भए ७५ हजार र त्यसपछिका लागि एक लाख रुपैयाँ क्षतिपूर्तिसँगै बिमांक रकम र बोनस परिवारलाई हस्तान्तरण गरिने छ ।मासिर चार सय रुपैयाँ विमाशुल्कमध्ये आधार सरकार र आधा सम्बन्धित सुरक्षाकर्मीको पारिश्रमिकबाट कटौती गरिनेछ ।आजको कारोबार दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया