१६ मंसिर । फेसबुकका संस्थापक एवं मालिक मार्क जुकरबर्गले आफूले छोरी पाएको घोषणा गरेका छन्, छोरीको नाम म्याक्स राखिएको छ । यसका साथै जुकरबर्गले अर्काे घोषणा पनि गरेका छन् “म र मेरी पत्नी प्रिसिला आफ्नो जीवनकालमै कम्पनीमा आफ्नो हिस्साको ९९ सम्पत्ति दान गर्नेछौं ।”यो घोषणासँगै उनले आफ्नी छोरीका लागि एउटा चिठ्ठी समेत लखेका छन् । हिसाब किताब गर्दा यो रकम ४५ अरब डलर हुनेछ उनले आफ्नो फेस बुक पेजमा लेखेका छन्।उनले पत्रमा लेखेका छन् हामीले बच्चाकोलागि यस विश्वलाई अझ राम्रो र सुन्दर बनाउन आवस्यक छ । नयाँ पीढीको लागि एक राम्रो बाताबरण तथा विश्वको सुधारकालागि हामी फेसबुकको ९९ प्रतिशत शेयर दिन्छौं ।जुकवर्गले आफ्नो नयाँ सन्तानसँग समय बिताउनर श्रीमतीको साथ रहन भन्दै दुई महिना छुट्टिमा बस्न लागेका छन् ।