सप्तरी, १६ मंसिर ।सप्तरीको सदरमुकाम राजविराज वडा नं. १ स्थित एक घरबाट ५० लाख बढीको गरगहना चोरी भएको छ । राजविराजको मुटुमा रहेको मेनरोडमा रहेको सिता साहको घरमा करिब एक सय तोला सुनको गरगहाना र दुई किलो चाँदी चोरी भएको पीडितले दाबी गरेकी छन् । स्वास्थ्य उपचारका लागि आइतबार सम्पूर्ण परिवारसहित भारतको दरभंगा गएको बेला घरमा चोरी भएको मंगलबार घर फर्किएपछि थाहा भएको पीडित साहले बताइन् । साहको घरको मूल ढोका तोडेर चोरहरुले कोठामा रहेको दुईवटा दराजबाट करिब एक सय तोला सुनको गरगहना र दुई किलो चाँदी चोरेर लगेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया