फाइल फोटो
फाइल फोटो

१६ मंसिर, कावासोती ।तेल तस्करी गरेको भन्दै नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादवको कम्मर मुनिको भाग जलेको छ ।परासीको पृथ्वीचन्द्र अस्पतालमा उनको  उपचार भइरहेको छ ।

नेपाल भारत सीमाक्षेत्रबाट डिजल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा उनले ल्याएको डिजलसहित उनलाई जलाइएको र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार स्थानीय राजेशचन्द्र सैथवार, शिव कुमार यादव र सेरु मिया पक्राउ परेका छन्।घटनबारे थप अनुसन्धान भइरहेको र उनीहरु कुन पार्टीका कार्यकर्ता हुन भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया