republic-of-zaqistan-2_14

अमेरिकाको उटाहमा रहेको मरुभूमिमा एक व्यक्तिले आफ्नै देश बनाएका छन् । ज्याक ल्याण्डसबर्ग नाम गरेका ती व्यक्तिले उक्त देशको नाम रिपब्लिक अफ जाकिस्तान राखेका छन् र आफूलाई उक्त देशको राष्ट्रपति घोषित गरेका छन् । यद्यपि, यस नयाँ देशलाई आधिकारिक मान्यता भने दिइएको छैन । चार एकड जमिनमा बनाइएको यस देश नजिकको सहरभन्दा ९६ किलोमिटर टाढा रहेको छ भने सडक २४ किलोमिटर टाढो रहेको छ । बक्स एल्डर काउन्टीमा रहेको यस जग्गालाई ज्याकले करिब ६ वर्ष अघि अनलाइनमार्फत खरिद गरेका थिए । उनले यस क्षेत्रलाई सार्वभौम राष्ट्र बनाउन चाहन्थे तर यो निकै अप्ठ्यारो काम थियो ।

republic-of-zaqistan-1_14

यसका बावजुद उनले जाकिस्तानको सुरक्षाको लागि रोबर्ट गार्ड राखेका छन् भने पासपोर्ट पनि जारी गरेका छन् । उक्त क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरुले पासपोर्टमा मोहर लगाउनु पर्छ । आफूले देश बनाए पनि उनी भने त्यहीँ बस्दैनन् । उनी वर्षको दुई पटक त्यहाँ पुग्छन् र साथीहरुलाई लिएर जान्छन् । उनका साथीहरुको अनुसार उनको देश निकै रमाइलो छ ।रातोपाटिबाट

republic-of-zaqistan-3_14 republic-of-zaqistan-4_14

तपाईको प्रतिक्रिया