Jun-Twitter-Government

ट्वीटरकै भरमा सानो शहरको प्रशासन चलेको छ भन्ने सुन्दा तपाइँलार्इ सायद अचम्म लाग्न सक्छ ।दक्षिणी स्पेनमा रहेको ३,५०० जनसङ्ख्या भएको ‘जुन’ शहरले २०११ बाट ट्विटर प्रयोग गर्न थालेको हो । उसले ट्विटरको प्रयोग विकास निर्माणदेखि स्थानीय समाचार सम्प्रेषणसम्म र नयाँ जागिरको सूचना र सरकारी स्कूलको खानाको मेनु समेतको सूचना दिन गर्ने गरेको छ ।डाक्टरसँग समय मिलाउन, धारामा पानी नआएको सूचना दिन, सडकमा बत्ती नबलेको सूचना दिन र अपराधबारे प्रहरीलाई जानकारी दिन पनि जुनका बासिन्दाहरूले ट्विटरको प्रयोग गर्छन् ।

शहरका मेयर रोड्रिगेज सालास आफै पनि ट्विटरमा सक्रिय छन् । शहरका सबै सेवाहरूको आफ्नै ट्विटर ह्याणडल छन् । स्थानीय प्रहरीको पनि आफ्नै ह्याणडल छ । शहरमा फोहर उठाउने गाडीका चालकको पनि आफ्नै ट्विटर छ । ट्विटरको लोगो (निलो चरो) जता पनि देख्न सकिन्छ । शहरका जेष्ठ नागरिक प्रविधिले गर्दा पछि नपरुन् भनेर उनीहरूका लागि विशेष तालिमको व्यवस्था गरिएको छ ।

मेयर सालास भन्छन्, ट्विटरले शहरवासीलाई नजिक ल्याएको छ र हरेक मान्छेले गर्ने कामले सम्मान पाएको छ । प्रहरीले पनि सुरक्षा स्थिति चुस्त राख्नमा सफलता पाएको छ ।अमेरिकामा रहेको एमआइटि विश्वविद्यालयले यस शहरबारे अनुसन्धान गर्दै छ । उसले जुन शहरको सफल प्रयोगलार्इ अरू शहरहरूमा पनि लागु गर्न सकिन्छ कि भनेर अनुसन्धान गरिरहेको छ ।एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया