Nepal-Oilकाठमाडाैं , मंसिर १७ ।  दुइटा विमान कम्पनी भाडामा लिई भारतबाट हवाइ इन्धन ल्याउने बाचा गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले पाँच दिन बित्दा पनि इन्धन ल्याउन सकेको छैन ।इथियोपियन र जोर्डन एयरलायन्स विमान कम्पनीले आयल निगमलाई गत शुक्रबार पहिलो उडानबाट हवाई इन्धन ल्याइदिने बाचा गरेको पेट्रोलिम्याक्स ५ दिन बित्दासमेत इन्धन ल्याउन नसकेकाे हाे ।

तर, शुक्रबार उत्तर अमेरिकी पर्व ‘थ्यांङ्क्स गिभिङ’का कारण सोमबार साँझ हवाई इन्धन ल्याउने भनेको यस कम्पनीले सोमबार साँझ पहिलो कार्गो उडान हुने बताएको थियो । तर मंगलबार बेलुकीसम्म ५ दिन बितिसक्दा पनि यसले इन्धन ल्याउन सकेन । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया