malaysiaमंसिर १७, काठमाडौं ।मलेसियाको मुद्रा रिंगेटको दरमा आएको अवमूल्यनका कारण आम्दानी घटेपछि मलेसियामा जाने कामदारले लिने श्रम स्वीकृति २५ प्रतिशतले घटेको खबर छ।नेपालको प्रमुख श्रम गन्तव्य मलेसिया रहेको छ । वैदेशिक रोजगार व्यवसायीले फ्री भिसा, फ्री टिकटसम्बन्धी व्यवस्थाका कारण मलेसिया जाने कामदार घटेको हल्ला गरे पनि यसको हिस्सेदारी १० देखि १५ प्रतिशतमात्र रहेको सरकारी अधिकारीको भनाई छ ।वैदेशिक रोजगार विभागका निर्देशक जनकराज रेग्मीले मलेसिया जाने कामदारको श्रम स्वीकृति घट्नुमा निःशुल्क हवाई जहाज टिकट र भिसाको खासै भूमिका नभएको बताए । मलेशिया जाने कामदारको आम्दानी घट्दै गएकाले त्यहाँ जाने कामदार खाडीको साउदी अरेबिया र कतारतर्फ आर्कषित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया