बिकल रेगमि, इटहरी

 

SAM_4430

 

 

 

 

 

 

बैशाख २० गते । इटहरीको सबैभन्दा पुरानो जनता उच्च माध्यमिक विद्यालयले आफ्नो प्राथमिक तहको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा स्तरोन्नतीका लागि प्रोत्साहन प्रदान गर्न शैक्षिक सामग्री,र छात्रबृत्ती र झोला आदिविधार्थीहरु लाई प्रदान गरीएको छ । इटहरीमा नीजि क्षेत्रको लगानीमा विद्यालयको आसपासका क्षेत्रका ठूल ठूला उच्च मावि तथा कलेजहरु सञ्चालनमा रहेको अवस्थामा आफ्ना विद्यालयमा अध्ययनका लागि आएका आर्थिक कमजोर भएका विद्यार्थीहरु सक्षम अनुभूति गराउन त्यस प्रकारको कार्यक्रम गर्दै आएको बताएको छ ।कार्यक्रममा विद्यालयमा छात्रबृत्ती स्थापना गर्नुहुने शिक्षासेवी महानुभावहरु पुण्यप्रसाद न्यौपाने अर्जुनराज कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष बिकल रेग्मी लगायतले विद्यालयका शैक्षिक अवस्थाका विषयमा प्रकाश पार्नु भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई यस विद्यालयका पुर्व विधार्थी हाल युकेमा रहेका शैलेश ओझा एजुकेश नेपाल यु केका अध्याक्ष मार्फत प्राप्त २ सय २५ थान ब्याग र स्कुल ड्रेस,ब्याग कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने कक्षा ४ र ५ का विधार्थी लाई ब्याग मात्र एजुकेश नेपाल यु के का प्रतिनिधी विकल रेग्मीले, लगाएतले वितरण गनुभएको थियो ।

SAM_4436
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलले जनताको पसिनाबाट सिर्जना भएको जनता उच्च माविमा अध्ययनरत बालबालिकाहरुको शैक्षिकस्तर माथि उकास्नका लागि प्रोत्साहन सोरुप छात्रबृत्ती तिन सय देखि सात हजार पाँच सय सम्म प्रदान गरिएको बताउनुभयो ।उहाँले विद्यालयलाई नेपाल सरकार तथा अन्य विभिन्न स्रोतबाट प्राप्त हुने आर्थिक स्रोत समेत गरी पाँच बर्षको अवधिमा शैक्षिक भौतिक र आर्थिक ब्यवस्थापनमा पनि मजबुत अवस्था खडा गर्नका लागि १३ करोड ७६ लाख ९८ हजार ३ सय ९१ रुपियाँको अनुमानित बजेट प्रस्तुत भई सकेको आर्थिक प्रतिबेदन पनि सोही कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले विभिन्न महानुभावद्धारा स्थापित छात्रबृत्ती रकम तथा शैक्षिक सामग्रीहरु वितरण गर्नुहुँदै विद्यालय परिवारले शैक्षिक उन्नतीका लागि दत्तचित्त भएर लाग्न सकेको अवस्थामा सवैले मायाँ गर्छन भन्ने उदाहरण यही कार्यक्रमले देखाएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया