Nawalpur-ghaite

मङ्सिर १७, सर्लाही । मधेसी मोर्चाले सर्लाहीको नवलपुरमा आयोजना गरेको आमसभामा अज्ञात समुहले गोली चलाएको छ ।गोली लागेर ४ जना भन्दा बढि मधेसी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने मोर्चाले प्रहरीले गोली चलाएको आरोप लगाएको छ । घाइतेलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

गोली चलेपछि मधेसी मोर्चाका कार्यकर्ताहरुको भागाभाग चलेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड प्लास्टिकको गोली चलाएको जानकारी दिएका छन् ।

सद्भावना अध्यक्ष राजेन्द्र महतोले विरोधसभमा सम्बोधन गर्न उनको नाम लिएपपछि गोली चलेको थियो । यसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने तयारी गरेको थियो । चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अवरुद्ध नगर्न चेतावनी दिएपछि मोर्चाले नवलपुरमा विरोध सभामा सारेको थियो ।

 

तपाईको प्रतिक्रिया