गुगलले आफ्नो चर्चित इन्टरनेट ब्राउजर गुगल क्रोममा महत्वपूर्ण अपडेट गरेको छ । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइडको डिफल्ट ब्राउजरको रुपमा रहेको क्रोममा डाटा सेभर मोडलाई अपडेट गरिएको हो ।

यो नयाँ अपडेटसँगै एन्ड्रोइड ग्याजेटबाट गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउँदा ७० प्रतिशतसम्म डाटा बचत हुने दाबी गरिएको छ । डाटा सेभर मोडले इनटरनेटको सुस्त कनेक्सनको बेला वेबपेजका धेरैजसो तस्वीर या त हटाइदिन्छ, या त कम्प्रेस गरिदिन्छ ।

Chrome-browser-Data-Saver

कसरी चालु गर्ने डाटा सेभर मोड ?

डाटा सेभर मोडका लागि गुगल क्रोम एपको सेटिंग्सको भित्र रहेको डाटा सेभर मोडलाई अन गरिदिनुपर्छ । यो अन भएसँगै वेबपेजको इमेज कम्प्रस्ड हुनेछ । गुगल क्रोमले तस्वीरको वास्तविक आकार र कम्प्रेस्ड आकार दुबैका बारेमा जानकारी दिनेछ ।

अहिलेको लागि सबैभनदा पहिले गुगललेयस फिचरलाई भारत र इण्डोनेसियामा लन्च गरेको छ । आगामी महिना अन्य देशमा पनि एन्ड्रोइडको क्रोम ब्राउजरमा डाटा सेभर मोड अपडेट गरिने जानकारी गुगलले दिएको छ ।

 

तपाईको प्रतिक्रिया