nakabandaनयाँदिल्ली,  मंसिर १८ । मधेसकेन्द्रित राजनीतिक दलहरुको माग अनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर विश्वासको वातावरण तय भए पारवहन तथा आपूर्तिको स्थिति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ ।भारत सरकारले नेपालका उपप्रधान एवम परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोहोर्‍याए को छ, २ महिनाअघि नेपालको स्रसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा राखेको छ, परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिल्लीमा भेटवार्तामा सहभागी विदेश मन्त्रालयका एक अधिकारीले भने, अहिलेको अवस्थामा संविधान संशोधन र सीमांकन मामिलामा चित्तबुझ्दो राजनीतिक सहमति देखिनु जरुरी छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया