rudai mexico

१८ मंसिर एजेन्सी ।  मेक्सिकोको उत्तरी भागमा बन्दुकधारीहरूले एक बदला केहीको हत्या गर्नुका साथै केही मानिसहरुलाई नाङ्गै बनाएर छाडेका थिए । नाङ्गै बनाइ छाडिएकामा केही महिला र केही पुरुष रहेका अधिकारीहरुले जनाएका छन् ।बियर व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको अधिकारीहरूले जनाएका हुन् ।

उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको देखिएको अधिकारीहरूले बताएका छन् ।मोन्टेरी औद्योगिक केन्द्रबाहिर अवस्थित गार्सिया नगरपालिकाको एक बियर वितरण केन्द्रमा केही व्यक्तिहरू दुई गाडीमा आई आक्रमण गर्न थालेको सरकारी वकिलहरूले बताएका छन् ।सरकारी महान्यायाधीवक्ता ह्याभियर फ्लोरेसले यो गोली प्रहार दुई आपराधिक समूहबीच भएको र अनुसन्धान यसैमा आधारित भएको बताए ।  उनले घटनास्थलमा सात किलो गाँजा फेला परेको उल्लेख गरेका छन् । सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र उनीहरू कोही नाङ्गो वा अर्ध नाङ्गो अवस्थामा फेला परेको उनले जानकारी दिए । अन्य तीन व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।

उनले मृतकहरूलाई नै छानेर आक्रमण गरिएको र बियर वितरण केन्द्रका अन्य कर्मचारीहरूलाई छोडिएको बताए ।उनले मृतकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको विषयमा आफू निश्चित नभएको तर उनीहरूमाथि आक्रमण भएको अवस्था हेरी उनीहरू त्यस्तो क्रियाकलापमा संलग्न भएको देखिएको बताए । सरकारी अनुसन्धानकर्ताहरूले आफ्नो परिचय नदिने सर्तमा जेटाज लागुपदार्थ व्यापारीहरूले आफ्नो व्यापारका लागि उक्त क्षेत्र उपयोग गरेको बताएका छन् ।प्रहरीले गाँजाका साथमा एक बन्दुक तथा १० वटा गोली फेला पारेका छन् । अर्का अधिकारीले आक्रमणकारीले १० हजार पेसो लुटेर लगेको बताए ।

 

तपाईको प्रतिक्रिया