SLC exam१८ मंसिर भक्तपुर । यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गरेको छ । विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि यस वर्ष केही दिन पर सार्ने तयारी गरेको हो ।

गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेस आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताए ।कार्यालय स्रोतले जानकारि दिए अनुसार तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया