२२ असोज, बिराटनगर । बिराटनगरको रानी भन्सार नाकाबाट शुक्रबार दिउँसोसम्म ३६ वटा इन्धन ट्याकर नेपाल प्रवेश गरेका छन् ।बिहीबार एउटा मात्रै ग्यास बुलेट छिरेको बिराटनगर नाकाबाट शुक्रबार भने दिउँसोसम्म नै ३६ ट्यांकर ग्यास, पेट्रोल र डिजेल बोकेका गाडी नेपाल भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए ।जसमा २४ ट्यांकर डिजेल र ३ ट्यांकर पेट्रोल छ । ९ बुलेट ग्यास पनि नेपाल आएको बस्नेतले बताए । अझैपनि पेट्रोलियम ट्यांकर भित्रिने क्रम जारी रहेको उनले जानकारी दिए ।

Petrol-Tank

तपाईको प्रतिक्रिया